वाइडबडीदेखि लडाकुको राशनमा भएको भ्रष्टाचारको छानविन गरौं : विश्वप्रकाश शर्मा

Prabhu Bank

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ठूला भ्रष्टाचार काण्डको गहिरो छानविन गर्न माग गरेका छन्।

Saftey Pads

विभिन्न समयमा भएका भ्रष्टाचारका फाइल खोल्न र कारवाही गर्न सिंगो देशले माग गरिरहेको शर्माले बताए।

वाइडबडी जहाज खरिदमा भएको अनियमिततादेखि लडाकुको राशनमा भएको भ्रष्टाचारको छानविन गरिनुपर्ने उनले बताए।

ट्वीटरमार्फत प्रवक्ता शर्माले ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट, लडाकुको राशनलगायतमा भएको आर्थिक अनियमितताबारे गहिरोसँग छानविन गरी कारवाही अघि बढाउन दबाब दिनुपर्ने बताए।

अन्य सम्बन्धित समाचार:  नेकपाले पनि यस वर्ष चियापान कार्यक्रम नगर्ने
Maruti Cement