नेपाली टोलीद्वारा बरुन्त्से हिमाल आरोहण

Prabhu Bank

काठमाडौँ। नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ।

Saftey Pads

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार दावा स्टेभन शेर्पा नेतृत्वको टोलीले बरुन्त्से हिमाल आरोहण गरेको हो।

भदौ २१ गते प्रस्थान गरेको ७ जनाको टोली बिहीबार चुचुरोमा पुगेको हो। जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो।

खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १२९ मिटर अग्लो छ।

Maruti Cement