डडेल्धुरामा प्रहरीसहित ६ लाई कोरोना

Prabhu Bank

डडेल्धुरा। डडेल्धुरामा दुई प्रहरीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Saftey Pads

शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणामा उनीहरुमा कोरोना देखिएको हो।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी, अमरगढी नगरपालिकाका ३, ५ र ८ का एक एक जना तथा आलिताल गाउँपालिका–५ का एक जनामा कोरोना देखिएको प्रयोगशालाका कर्मचारी इश्वरीप्रसाद भुषालले जानकारी दिए।

कोरोना संक्रमण देखिएका दुई प्रहरी जवान बिदामा तराई गएको र घरबाट फर्केपछि उनीहरुमा कोरोना देखिएको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

हाल दुवै जना प्रहरीकै आइसोलेसनमा बसेका छन्। जिल्लामा पहिलो पटक प्रहरीमा कोरोना देखिएको हो।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास
Maruti Cement