बाँकेमा रुकुमका संक्रमितको मृत्यु

Prabhu Bank

बाँके। बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको छ।

Saftey Pads

रुकुमको चौरजहारी नगरपालिका १४ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई असोज २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो।

ती पुरुषमा पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको हो।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। कोरोनाबाट बाँकेका मात्रै २७ जनाको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुर: प्रशासनका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द
Maruti Cement