प्रहरी दिवस : पूर्ण शान्ति पुरस्कार सई चन्दलाई

Prabhu Bank

काठमाडौँ। ६५औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीले प्रदान गर्दै आएको पूर्ण शान्ति पुरस्कार यस वर्ष प्रहरी नायब निरीक्षक (सई) कृष्णबहादुर चन्दलाई प्रदान गरिएको छ।

Saftey Pads

चन्द नेपाल प्रहरीको प्रतिआतङ्कवाद युनिट विशेष ब्युरोमा कार्यरत छन्।

यस्तै सर्वोत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास कटुवाललाई चयन गरिएको छ।

यस्तै यस वर्षको योगेन्द्र स्मृति पुरस्कार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरीक्षक सागर राणालाई प्रदान गरिएको छ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement