बुटवलमा थप एक सङ्क्रमितको मृत्यु

Prabhu Bank

बुटवल। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ।

Saftey Pads

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनी कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा उपचाररत थिए। उनको अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

योसँगै कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: आज संक्रमितभन्दा पाँच गुना धेरै डिस्चार्ज
Maruti Cement