पानी पिउन पोखरीमा गएका २२ बाँदर मरे

Prabhu Bank

ओखलढुंगा। ओखलढुंगामा पानी पिउन पोखरीमा गएका २२ बाँदर मरेका छन्। १२ बाँदरको स्थानीयले उद्धार गरेका छन्।

Saftey Pads

बिहीबार सिद्धिचरण नगरपालिका ५ स्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बाँदरहरू मरेका हुन्।

पानी पिउन पसेका बाँदर निस्किन नस्कदा मरेको वन डिभिजन कार्यालयका सहायक वन अधिकृत कृष्णदेव यादवले बताए।

बाँदर पानी खान अरु बेला पनि जाने गरेको उनले बताए। पानी कम भएपछि बाँदर पोखरीबाट निस्किन नसकेको यादवको भनाइ छ। सिमेन्टले प्लास्टर गरेको पोखरी भएका कारण बाँदर पोखरीबाट बाहिर निस्किन नसकेको यादवले बताए।

अन्य बाँदरलाई स्थानीयले बाँसको सहायतामा बाहिर निकालेका थिए। मरेका बाँदर सबैलाई वन डिभिजन कार्यालयको टोलीले खाडलमा पुरेको छ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ
Maruti Cement