सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, अन्य दुई जना गम्भीर घाइते

Prabhu Bank

शुभ नारायण यादव, सप्तरी। हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका-११, बनोलि स्थित विद्यापति चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

Saftey Pads

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको स १ प ३७०१ नम्बरको मोटरसाइकल र त्यसको विपरीत दिशाबाट आउँदै गरेको स ८ प ८४४१ नम्बरको मोटरसाइकल बिहीबार साझ एक आपसमा ठोक्किएर दुर्घटनामा भएको हो।

सप्तरीको बोदे बर्साइन नगरपालिका, सिस्वा धनगढीका ३० वर्षीय सुरेश कुमार साह र अर्का नाम र ठेगाना नखुलेका मोटरसाइकल चालककको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइलको पछाडि बसेकी ४५ वर्षीय एक महिला र अर्का एक पुरुष गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्युठान: भतिजाले बाँदर धपाउन हानेको गोली लागेर काकाको ज्यान गयो

घाइते दुवै जनाको तत्काल स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पताल पठाइएको तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिइएकाे छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

Maruti Cement