काेराेना संक्रमणबाट सुरक्षाकर्मीकाे मृत्यु

Prabhu Bank

कास्की। कोरोना संक्रमणबाट एक सुरक्षाकर्मीको मृत्यु भएको छ। सशत्र प्रहरी बल, मुस्ताङको छोसेरमा रहेकाे बीओपीमा कार्यरत २५ वर्षीय पुरुष सुरक्षाकर्मीको मृत्यु भएको हो। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार गराइरहेका उनको बिहीबार राति साढे ११ बजे मृत्यु भएको हो।

Saftey Pads

मृतक सुरक्षाकर्मी बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका–७ का रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि असोज २५ गते अस्पताल भर्ना भएका उनमा २७ गते कोरोना पुष्टि भएको थियो।

नेपालमा कोरोना संक्रमणबाट सुरक्षाकर्मीको मृत्यु भएको यो पहिलो घटना हो।

अन्य सम्बन्धित समाचार:  नेकपा केन्द्रीय कमिटी बैठक स्थगित
Maruti Cement