बाग्लुङ प्रहरीद्वारा बरामद ११ थान अवैध हतियार सार्वजनिक

Prabhu Bank

सुवास आचार्य, बाग्लुङ। जिल्ला प्रहरी कार्यालय बाग्लुङले ११ थान अवैध हतियार बरामद गरेर सार्वजनिक गरेकाे छ। कार्यालयले प्रहरी दिवस मनाउँदै गर्दा ११ थान अवैध हतियार सहित तिनकाे प्रयाेग गरी चोरीशिकार गर्ने ११ जनालाई समेत सार्वजनिक गरेको हो।
बाग्लुङको तमानखोला गाउँपालिका-२ मा अभिभावककको मोबाइल चलाएका बालकले भरुवा बन्दुक सहितको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि प्रहरीले खोजी गर्दा ११ थान बन्दुकसहित ११ जनालाई पक्राउ गर्न सफल भएकाे हाे। बाग्लुङको पश्चिम क्षेत्रमा चोरीशिकार गर्न अवैध भरुवा बन्दुक राख्ने गरेको पाइएको छ।

Saftey Pads

प्रहरीले पक्राउ परेकाहरुको बयानका आधारमा गाउँमा थप बन्दुकहरु लुकाएर राखेको आशंकमा खानतलासी गरिरहेको जिल्ला प्रहरी कार्यालका प्रमुख लोकेन्द्र श्रेष्ठले बताए।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग
Maruti Cement