४ हजार ३ सय ९२ काेराेना संक्रमित थपिए: २१ जनाकाे‍ मृत्यु

Prabhu Bank

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेको छ।

Saftey Pads

त्यसैगरी देशभरमा ३ हजार ५२२ जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म देशमा कोरोना जित्नेको संख्या ८८ हजार ४० पुगेको छ।

हाल देशभर ३७ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ४ हजार ८०८ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  राप्रपा अध्यक्ष कमल थापा कोरोनामुक्त

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १२ लाख ५४ हजार १६७ जनाको परीक्षण भएको जानकारी दिएका छन्।

Maruti Cement