२५ वर्षपछि बैतडीको पाटन विमानस्थलबाट नियमित हवाई उडान

Prabhu Bank

दिपक महरा, बैतडी। २५ वर्षपछि बैतडीको पाटन विमानस्थलबाट हवाई उडान पुनः सुरु भएको छ। धनगढीलाई बेस बनाएर आजदेखि हवाई उडान सुरु भएको हो। विसं २०५२ सालदेखि बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थलमा अबदेखि नियमित उडान भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।

Saftey Pads

समिट एयरले हप्ताको एक दिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ। पहिलो दिन शुक्रबार हवाई उडान गरिएको भए पनि अबदेखि बैतडीमा हप्तामा एक दिन मंगलबार नियमित उडान हुने जनाइएकाे छ।

धनगढीबाट बैतडीको भाडा ३ हजार ८ सय रुपैयाँ तोकिएको छ। नियमित हवाई उडान भए पनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ। तत्कालका लागि पाटन नगरपालिकासंग समन्वय गरेर एकजना सम्पर्क व्यक्ति राखेर काम गरिएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्युठान: भतिजाले बाँदर धपाउन हानेको गोली लागेर काकाको ज्यान गयो
Maruti Cement