आईपीएल: दिनेश कार्तिकले कोलकाता नाइट राइडर्सकाे कप्तानी छाेडे

Prabhu Bank

काठमाडाैं। दिनेश कार्तिकले कोलकाता नाइट राइडर्स (केकेआर) को कप्तानी अइन माेर्गनलाई सुम्पिएका छन्। आईपीएल २०२० को बीचैमा कप्तानी छोड्दै दिनेश कार्तिकले अब आफ्नो ब्याटिङ र टिमको लागि धेरैभन्दा धेरै योगदान दिन ध्यान केन्द्रित गर्ने बताएका छन्।

Saftey Pads

कोलकाता नाइट राइडर्सका सीईओ वेन्की मैसुरको तर्फबाट निकालिएको एक विज्ञप्तिमा भनिएको छ, ‘हामी भाग्यशाली छौँ कि हामीसँग दिनेश कार्तिक जस्ता टिम लिडर छन्, जो टिमलाई सबैभन्दा अघि राख्छन्। उनी जस्ता कुनै व्यक्तिका लागि यस्तो निर्णय लिनु निकै हिम्मतको कुरा हो।’

इयन मर्गनको कप्तानीमा इङ्ग्ल्याण्डलाई सन् २०१९ को क्रिकेट विश्व कप जिताएका थिए। आईपीएल २०२० मा मर्गन नाइट राइडर्सको तर्फबाट सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा छन्। उनले सात खेलमा ३५ को औसतमा एक सय ७५ रन बनाएका छन् भने दिनेश कार्तिकले १५ दशमलव ४२ को औसतमा एक सय आठ रन बनाएका छन्।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा आज पन्जाबलाई कोलकातासँग बदला लिने सुनाैलो अवसर

अहिलेसम्म उपकप्तान रहेका अइन मर्गन टिमको कप्तानी गर्न इच्छुक रहेको कोलकाताको तर्फबाट निकालिएको विज्ञप्तिमा भनिएको छ।

दिनेश कार्तिकलाई आईपीएल २०१८ भन्दा अघि कोलकाताले सात करोड ४० लाख भारतीय रुपैयाँमा किनेको थियो। गएको वर्ष कोलकाता प्लेअफमा पनि पुगेको थिएन, चौथो नम्बरमा नै रहेको थियो।

Maruti Cement