आईपीएल: शीर्ष स्थानमा उक्लने दाउमा कोलकातासँग भिड्दै मुम्बई

Prabhu Bank

एजेन्सी। यूएईमा जारी १३ औं संस्करणको आईपीएलमा आज साविक विजेता मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा भइरहेकाे छ। अबुधाबीमा मुम्बई र कोलकाता आठौं खेलका लागि मैदान उत्रेका हुन्। मुम्बई र कोलकाताबीचको खेल नेपाली समय अनुसार पाैने ८ बजे सुरु भएकाे छ।

Saftey Pads

खेलमा टस जितेर काेलकाता नाइट राइडर्सले ब्याटिङ राेजेकाे छ। शुरुवाती ब्याट्सम्यानका रुपमा राहुल त्रिपाठी र शुभमन गिल क्रिजमा रहेका छन्।

अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेको मुम्बई शेख जायद क्रिकेट स्टेडियममा छैटौं जितको खोजीमा हुनेछ। रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई कोलकातालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ।

तर कोलकाता विरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ। कोलकाता पाँचौं जितको खोजीमा रहेको छ। कोलकाताले ७ खेलमा ८ अंक जोडेको छ र चौथो स्थानमा रहेको छ। कोलकाता मुम्बईलाई हराएर शीर्ष टोलीसँगको अंक दुरी कम गर्न चाहन्छ।

अन्य सम्बन्धित समाचार:  यस्तो छ आईपीएलको प्ले अफ पछिको खेल तालिका

यस्तै कोलकाता मुम्बईसँग पहिलो भेटमा ब्यहोरेको हारको बदला लिन चाहन्छ। सिजनको पहिलो भेटमा मुम्बईले कोलकातालाई ४९ रनले हराएको थियो।

मुम्बईले कोलकाताविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, कायरन पोलार्ड, हार्दिक पाण्ड्या, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्नेछ।

कोलकातामा भने आजमात्र कप्तानी छाडेका दिनेशसँगै आन्द्रे रसेल, अइन मोर्गन, आन्द्रे रसल,कुलदीप यादव, प्याट कमिन्सजस्ता खेलाडीहरु रहेका छन्।

Maruti Cement