नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

Prabhu Bank

काठमाडौं। नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

Saftey Pads

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनुमति दिएको छ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले शुक्रबार एन्फालाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो। एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो।

राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ। नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्नेछ। राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

बंगलादेश सरकारको अनुमतिपछि खेलको मिति तय हुनेछ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

अन्य सम्बन्धित समाचार:  आईपीएल: दिल्लीलाई शीर्ष स्थानमा उक्लने अवसर
Maruti Cement