आईपीएलमा कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

Prabhu Bank

एजेन्सी। साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।

Saftey Pads

युएईको अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६ दशमलव ५ बलमा २ विकेट गुमाएर पुरा गर्यो। मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय पारी खेले। उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। कप्तान रोहित शर्माले ३५, सूर्यकुमार यादबले १० तथा हार्दिक पाण्डेयले अविजित २१ रन बनाए।

कोलकाताका लागि भरुण चक्रवर्ती र शिबम माभीले एक एक विकेट लिए।

अन्य सम्बन्धित समाचार:  अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री भारत आउँदै

यस अघि टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनायो। कोलकत्ताको लागि पाट कुमिन्सले अविजित ५३, कप्तान इयान मोर्गनले अविजित ३९, सुबमन गिलले २१ तथा आन्द्रे रसेलले १२ रन बनाए।

मुम्बईका राहुल चाहरले २ तथा ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले एक एक विकेट लिए।

आठ खेलमा ८ अंक जोडेको कोलकाता चौंथो स्थानमा छ।

Maruti Cement