झापामा थप दुई कोरोना संक्रमितको मृत्यु

Prabhu Bank

झापा। झापामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

Saftey Pads

कोरोनाबाट दमक नगरपालिका र शिवसताक्षी नगरपालिकाका एक एक जनाको ज्यान गएको हो। मृतक दुवै पुरुष हुन्।

दमक नगरपालिका ५ का ५८ वर्षीय पुरुषको घरमा शुक्रबार राति मृत्यु भएको हो।

यस्तै शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार राति मृत्यु भएको हो। उनी क्यान्सरबाट पीडित थिए। उनमा शुक्रबार नै कोरोना पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  इलाम: पोखरीमा डुबेर वृद्धको मृत्यु
Maruti Cement