कविता: स्याल र हुँडारहरु

  • देवराज कार्की ‘मिलन’
Prabhu Bank

फेरि आज मरेको सिनो
डुङ्डुङ्ती कुहिएर गन्हाएको
खान जम्मा हुने गिद्धको बथानमा
केही हुँडार र स्याल पनि मिसिएछन्
केही पुरानै कुनै नयाँ ब्वाँसाहरु
भक्ति लिलाका थपिएछन् निगाहमा।

Saftey Pads

कोही आँखा झिकेर धारिलो चुच्चोले
देख्लास् मेरा अवाञ्छित गतिविधि
भनेर ठुङ्दै खाँदैछन् स्वादले
कुनै मुखमै तिखा दाह्रा गाडेर लुछ्दैछन्
जिब्रो नै हो आफ्नो बिरुद्ध जोसिलो
आवाज निकाल्ने भन्दै प्रतिशोधले।

न कराउँछन् गिद्ध, न हुँडार नै भुक्दछन्
उनीहरुको दोस्ती पुरानै हो
कैयौँ पटक मिलेर शिकार गरेका छन्
एकै ठाउँ बसेर निर्धोको मासु
आलो रगत गर्धनमा दाँत गाडेर चुसेका छन्
त्यही खानलाई नयाँ थपेका छन् महाराजले ।

आफूलाई जंगली राज्यको महाराज ठान्ने तिमी
दाँत झरिसकेको बूढो बिरामी
आफूलाई सिंह देखाउन हर प्रयत्न गरेपनि
हिड्दा दुईतिर आड अरुले छर्लङ्ग देखेकै छन्
अब त अचेल हुँडार गिद्ध र स्यालहरु
जति जम्मा पारे पनि सिनो झैँ दुर्गन्धित छौ।

रमणीय बस्तीमा ती ब्वाँसा र हुँडारहरु
सुटुक्क बाख्री खोरमा चोर्न आउन सक्छन्
चील र गिद्धहरु आकाशमा गोता खाँदै
आँगनमा चारो टिप्दै गरेका कुखुरीका चिङ्ना
तिखा नङ्ग्रा गाडेर पञ्जाले समातेर खान खोज्छन्
त्यो लुछेको देखेर महाराज मुसुक्क हाँस्न सक्छन्।

ब्वाँसाको सुमसुम्याई जीवको लागि घातक
हुँडार पनि राति करायो भने अपशकुन
हाप्सिलो करायो भने मान्छे मर्छ भन्छन्
अब बस्तीमा कहिल्यै पनि गन्ध फैलन दिनु हुँदैन
र यी सिनो खाने रक्तपिपासुहरुलाई गाउँमा
नयाँ पुरानो जो हुन् कदाचित् पस्न दिनु हुँदैन।
-विराटचोक मोरङ

Maruti Cement