ललितपुरमा आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द  

Prabhu Bank

ललितपुर। ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द गर्ने भएको छ।

Saftey Pads

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलपछि उक्त निर्णय गरेको हो।

कात्तिक २ गतेदेखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण उक्त निर्णय गरिएको हो।

हालसम्म ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको छ भने कोरोनाबाट ४८ जनाले ज्यान गुमाएका छन्।

अन्य सम्बन्धित समाचार:  बुटवलमा कोरोनाबाट दुईको मृत्यु
Maruti Cement