बाँकेमा थप दुई संक्रमितको मृत्यु

Prabhu Bank

नेपालगञ्ज। बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

Saftey Pads

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका १८ कारकादोका १८ वर्षीया किशोरीको कोरोनाबाट मृत्यु भएको हो।

भृकुटीनगरका पुरुषलाई असोज २४ गते अस्पताल भर्ना गरिएको थियो। उनमा असोज २५ गते कोरोना पुष्टि भएको हो। ती पुरुषको भेरी अस्पतालमा शुक्रबार राति मृत्यु भएको हो।

यस्तै कारकादोकी किशोरीको शुक्रबार राति कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। उनलाई असोज २८ गते अस्पताल भर्ना गरिएको हो। ति किशोरीमा असोज २९ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  चितवनमा थप दुई सङ्क्रमितको मृत्यु
Maruti Cement