नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

Prabhu Bank

धनकुटा। धनकुटामा नातिको कुटाइबाट हजुरबुबाको मृत्यु भएको छ।

Saftey Pads

सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय अविनाश राईको कुटाइबाट ९० वर्षीय फत्तबहादुर राईको ज्यान गएको हो।

प्रहरी उपरीक्षक (एसपी) गोविन्द अधिकारीका अनुसार कुटपिटबाट गम्भीर घाइते भत्तबहादुरको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेका अविनाशले सोमबार घरायसी विवाद हुादा फत्तबहादुरलाई मरणासन्न हुने गरी कुटेका थिए।

प्रहरीले अविनाशलाई प्रहरीले पक्राउ गरेको छ।

अन्य सम्बन्धित समाचार:  अछाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या, एक जनाको अवस्था गम्भीर
Maruti Cement