चितवनमा कोरोनाबाट वडा सदस्यको मृत्यु

Prabhu Bank

चितवन। चितवनको खैरहनी नगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट एक वडा सदस्यको मृत्यु भएको छ।

Saftey Pads

कोरोनाबाट वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको ज्यान गएको हो। उनी क्यान्सरबाट समेत पीडित थिए।

उनको भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। वडा सदस्य पाण्डेमा गत असोज २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

होम आइसोलेसनमा रहेको उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो। पाण्डे नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य हुन्। कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा दुःख प्रकट गरेका छन्।

यस अघि भरतपुर महानगरपालिका २० का वडा अध्यक्षको कोरोनाबाट मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास
Maruti Cement