ओलीले दिएको छलफलको निम्तो प्रचण्डद्वारा अस्वीकार

Prabhu Bank

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मनमुटाव बढ्दै गएको छ।

Saftey Pads

केही दिन अघि मात्र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे विवादले समाधानको संकेत दिएपनि अब अर्को विवाद सुरु भएको छ।

प्रधानमन्त्री ओलीले आफुखुसी नयाा मन्त्री थपेपछि थप विवाद सुरु भएको हो। यो विवादपछि ओली र प्रचण्डबीच मनमुटाव बढेको छ।

प्रचण्डलाई शनिबार ओलीले छलफलका लागि निम्तो दिए पनि प्रचण्डले त्यसलाई अस्विकार गरेका छन्। स्रोतका अनुसार ओलीले बालुवाटारमा बिहान नेकपा कर्णालीका दुबै पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएका छन्।

उक्त छलफलमा प्रचण्डलाई पनि आउन गरेको आग्रह प्रचण्डले अस्विकार गरेका छन्। आवश्यक परे हामी पछि छलफल गरौँला भन्दै उनले ओलीको प्रस्तावमा असहमति जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  महानवमीमा तलेजु भवानी नखुल्ने

बिहीबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका नेताहरुलाई छुट्टै भेटेका थिए।

Maruti Cement