कार्यालयमा बेहोस भएका बिमा कम्पनीका प्रबन्धक साउदको मृत्यु

Prabhu Bank

कञ्चनपुर। कञ्चनपुरमा कार्यालयमै बेहोस अवस्थामा भेटिएका एक बिमा कम्पनीका प्रबन्धकको मृत्यु भएको छ।

Saftey Pads

रिलायन्स कम्पनीका शाखा प्रबन्धक गणेश साउदको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो।

उनी शुक्रबार दिउँसो कार्यकक्षमै बेहोस अवस्थामा भेटिएका थिए।

बैतडीको सुर्नया गाउँपालिका–४ घर भएका साउद भीमदत्त नगरपालिका–१८ जानकी टोलमा बस्दै आएका थिए।  घटनास्थलबाट सल्फासको बोतल समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले साउदको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र रिपोर्ट आएपछि घटनाबारे यथार्थ थाहा हुने बताए।

अन्य सम्बन्धित समाचार:  बन्चरोले हानेर आमाको हत्या
Maruti Cement