बैतडीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

Prabhu Bank

दिपक महरा, बैतडी। बैतडीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा जिल्लाको पाटन नगरापालिकाका ४ र पञ्चेश्वर गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो।

Saftey Pads

डडेल्धुरा अस्पतालकाे प्रयोगशालामा बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।

बैतडीमा आज थप ५ जनामा संक्रमण पुटि भएसँगै जिल्लामा संक्रमितको संख्या ४५४ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  परिस्थिति हेरेर चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह
Maruti Cement