बाहिरियाे यो वर्षको मनसुन

Prabhu Bank

काठमाडाैं। यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Saftey Pads

असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू-भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने हिजो बाहिरिएको हो। यो वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्ले बताएका छन्। सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो। तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ।

अन्य सम्बन्धित समाचार:  चीन: एक लक्षणरहित संक्रमित भेटिए, ४७ लाखको परीक्षण गरिँदै
Maruti Cement