बैतडी: प्रदेश सभा सदस्य भट्टलाई कोरोना संक्रमण

Prabhu Bank

दिपक महरा, बैतडी। बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षण प्रदेश सभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो।

Saftey Pads

स्वास्थ्यमा सामान्य समस्या आएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताए। उनले भने, “गत असोज २५ गतेदेखि होम क्वारेन्टाइनमा रहेका बेला रुघाखोकीका लक्षण देखिएपछि परीक्षण गराएको हुँ, कोरोना पुष्टि भए पनि स्वास्थ्य अहिले पनि स्वास्थ्य अवस्था सामान्य रहेकाे छ।”

आफू अहिले सदरमुकामस्थित गढीमा रहेकाे घरमै होम आइसोलेसनमा बसिरहेको भट्टले बताए।

गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किएका भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थिए। उनका सवारी चालकको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

अन्य सम्बन्धित समाचार:  फ्रान्समा कोभिडका संक्रमित झन् बढ्दै, एकै दिन ५२ हजार थपिए
Maruti Cement