२४ घण्टामा देशभर ३ हजार १ सय ६७ मा काेराेना संक्रमण: १८ सय जना डिस्चार्ज

Prabhu Bank

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ जना पुगेको छ।

Saftey Pads

त्यसैगरी देशभरमा १ हजार ८ सय जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म देशमा कोरोना जित्नेको संख्या ८९ हजार ८४० पुगेको छ।

हाल देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ४ हजार ७१५ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १२ लाख ६९ हजार ६०५ जनाको परीक्षण भएको जानकारी दिएका छन्।
अन्य सम्बन्धित समाचार:  फ्रान्समा कोभिडका संक्रमित झन् बढ्दै, एकै दिन ५२ हजार थपिए
Maruti Cement