बुटवल: प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख घुस सहित पक्राउ

Prabhu Bank

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी र श्रीमती निर्मला केवटलाई चार लाख घुस रकम सहित पक्राउ गरेको छ।

Saftey Pads

एक अभियुक्तलाई धरौटीमा छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले स्टिङ अप्रेसन गरेर सहनी दम्पतिलाई पक्राउ गरेको हो। आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले सहानी श्रीमान श्रीमतीलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरुलाई सियारी गा.पा. वडा नं. ७ स्थित खनाल मिठाइ पसल नजिकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुनेछ।

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा सोलारबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा
Maruti Cement