आईपीएल: पहिलाे खेलमा बेंग्लाेर विरुद्ध टस जितेर ब्याटिङ गर्दै राजस्थान

Prabhu Bank

एजेन्सी। यूएईमा जारी आईपीएलकाे आजकाे पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्स भिडिरहेका छन्। दुबईमा बेंग्लोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रेका हुन्। बेंग्लोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह पाैने ४ बजे सुरु भएकाे छ।

Saftey Pads

आजकाे पहिलाे खेलमा राजस्थानले टस जितेर ब्याटिङ राेजेकाे छ। यति बेलासम्म राजस्थानले १५ ओभरकाे समाप्तिमा ३ विकेटकाे क्षतिमा ११९ रन बनाएकाे छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बेंग्लोर छैटौं जितको खोजीमा हुनेछन्। अघिल्ला ८ खेलमा बेंग्लोरले ५ जितसहित १० अंक जोडेको छ। विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर तेस्रो स्थानमा रहेको छ। राजस्थानलाई हराएर बेंग्लोर शीर्ष दुई भित्र उक्लन चाहन्छ। तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउन बेंग्लोरलाई सहज हुने छैन।

अन्य सम्बन्धित समाचार:  आईपीएल: दिल्लीलाई शीर्ष स्थानमा उक्लने अवसर

राजस्थान पनि बेंग्लोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ। ८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ। बेंग्लोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ।

यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा ब्यहोरेको हारको बदला समेत लिन चाहन्छ। यसै सिजनको पहिलो भेटमा बेंग्लोरले राजस्थानलाई ८ विकेटले हराएको थियो। बेंग्लोरविरुद्ध राजस्थानले कप्तान स्मिथसहित बेन स्टोक्स, डेभिड मिलर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्नेछ।

बेंग्लोरसँग कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाड्डिकल, एबी डी भिलियर्स, शिवम दुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चाहल, नवदिप सैनी जस्ता खेलाडी रहेका छन्।

Maruti Cement