आज काठमाडाैं उपत्यकामा मात्रै १ हजार ७४६ संक्रमित

Prabhu Bank

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

Saftey Pads

देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ छ। पछिल्लो २४ घण्टामा १८ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० जना पुगेको छ।

अन्य सम्बन्धित समाचार:  परिस्थिति हेरेर चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह
Maruti Cement