आईपीएल: आजकाे दाेस्राे खेलमा दिल्ली र चेन्नईबीच प्रतिस्पर्धा हुने

Prabhu Bank

एजेन्सी। यूएईमा जारी आईपीएलकाे आजकाे दाेस्राे खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स एक आपसमा भिड्दैछन्। शारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली र साविक उपविजेता चेन्नई आफ्नो नवौं खेलका लागि मैदान उत्रने छन्। दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार केही समयपछि पाैने ८ बजे सुरु हुनेछ।

Saftey Pads

शारजाह क्रिकेट मैदानमा दिल्ली सातौं जितको खोजीमा हुनेछ। अघिल्ला ८ खेलमा ६ जितसहित १२ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ। श्रेयस अय्यरको कप्तानीमा मैदान उत्रने दिल्ली चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ। दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ। तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन्। दिल्लीले सन्दीपलाई अघिल्ला ८ खेलमा बेञ्चमा राखेको थियो।

अन्य सम्बन्धित समाचार:  आईपीएल: दिल्लीलाई शीर्ष स्थानमा उक्लने अवसर

बलियो टिम चेन्नईविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ। यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई चौथो जितको खोजीमा हुनेछ। चेन्नई ८ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। दिल्लीलाई हराएर चेन्नई अंक तालिका सुधार गर्न चाहन्छ।

यस्तै चेन्नई यसै सिजनको पहिलो भेटमा ब्यहोरेको हारको बदला लिन चाहन्छ। यस अघिको भेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो। चेन्नईले दिल्लीविरुद्ध कप्तान धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसि, साम करर्न, केदार जाधब, पियुष चावला, लुंगी एङ्गिडी, रबिन्द्र जडेजाजस्ता खेलाडीलाई मैदान उतार्नेछ।

दिल्लीमा पृथ्वी श, शिखर धवन, श्रेयस अय्यर, मार्कस स्टोइनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडी  रहेका छन्।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा हैदरावादसित दिल्ली पराजित
Maruti Cement