अध्यक्षद्वयको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई प्रम ओलीकाे आग्रह

Prabhu Bank

काठमाडाैं। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षद्वयको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई आग्रह गरेका छन्।

Saftey Pads
सरकारी निवास बालुवाटारमा बोलाएर उनले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने भन्दै अध्यक्षद्वयबीचको छलफलले निकाल्ने निष्कर्ष मान्न आग्रह गरेका हुन्। अब चाँडै छलफल गरेर कर्णालीको विवादबारे बहस गर्ने र विवाद समाधानका लागि उचित निर्णय गरिने प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्राेतले बताएकाे छ।

बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सह–इन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आफ्ना भनाई राखेका थिए।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका दुवै पक्षका नेताहरुसँग एक चरणमा छलफल गरेका थिए। कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप बढेको छ ।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

विवाद समाधानका लागि केन्द्रको निर्देशन अनुसार कर्णाली प्रदेशका नेकपा पदाधिकारी काठमाडाैं आएका छन् ।

Maruti Cement