सिरहा र सप्तरीका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्न अमेरिकामा म्याराथन दौड

Prabhu Bank

अमेरिका। प्रदेश नं २ का सिरहा र सप्तरीका सरकारी विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्नका लागि अमेरिकामा म्याराथन दौडमार्फत रकम संकलन गरिएको छ।

Saftey Pads

नेपालको तेह्रथुम जिल्ला जलजले घर भइ हाल अमेरिकाको इन्डियानामा बस्दै आएका डा ओम दाहालले म्याराथन दौडमार्फत सो रकम संकलन गरेका हुन्।

एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिकाका महासचिव समेत रहेका डा दाहालले उक्त म्याराथन दौड अक्टोबर १७ तारिखमा पूरा गरेका थिए। सिरहा र सप्तरीस्थित जनता माध्यमिक विद्यालय सुखिपुर, जनता चेथरु जितन माध्यमिक विद्यालय सुखिपुर र राजेन्द्र देवकी माध्यमिक विद्यालय कोइलाडी तिलाठीमा कम्प्युटर ल्याब स्थापना गर्ने उद्देश्यका साथ डा दाहालले उक्त म्याराथन दौड पूरा गरेका हुन्।

उक्त म्याराथन दौड क्राउन प्वाइन्ट इन्डियानाबाट बिहान साढे ६ बजे सुरु भइ ११ बजे सम्पन्न भएको थियो। उक्त भर्चुअल म्याराथनमा सो क्षेत्रमा बसोबास गर्दै आएका विक्रम श्रेष्ठले डा दाहालसित २६ दशमलव २ माइल साइकलमा यात्रा गरेका थिए। म्याराथन दौडका क्रममा डा दाहाललाई आइपर्ने बाधा ब्यवधान समाधानको जिम्मा श्रेष्ठले लिएका थिए।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

यस्तै डा सोहन खतिवडा, डा गोकर्ण अर्याल, डा वीर काफ्ले, प्रभा अर्याल र प्रिशा अर्यालले म्याराथन दौडका क्रममा बाटो बाटोमा दाहाललाई पानी तथा फलफुलको ब्यवस्था गरेका थिए।

एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिकाका पूर्व उपसभापति एवं वर्तमान ट्रष्टी डा सोहन खतिवडाले डा दाहाललाई २०२० डेट्रोइट म्याराथनको पदक पहिर्याइ दिएका थिए।

म्याराथन समापन कार्यक्रममा उक्त क्षेत्रमा बस्दै आएका उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो। डा दाहालले सिरहा र सप्तरीका तीन विद्यालयमा २० कम्प्युटर, एउटा प्रिन्टर तथा एउटा प्राजेक्टरसहित तीन वटा कम्प्युटर ल्याव स्थापना गर्ने उद्देश्यका साथ म्याराथन दौड अभियान सञ्चालन गरेका हुन्। उनले यसका लागि १४ लाख रुपैयाँ संकलनको लक्ष्य लिएका छन्।

अन्य सम्बन्धित समाचार:  बन्द भएका बिदेशी च्यानल हेर्न केही समय पर्खनुपर्ने

विगत ५ वर्षदेखि डा दाहालले हरेक वर्ष म्याराथन दौड आयोजना गर्दै आएका छन्।  उनले म्याराथन दौडमार्फत विश्वका विभिन्न ठाउँबाट अमेरिका आइ बसोबास गर्दै आएका व्यक्ति र संघसंस्थाहरुसित सहकार्य गरी रकम संकलन गर्दै आएका छन्।

डा दाहालले संकलन भएको सोही रकमबाट स्वास्थ्य र शिक्षाको क्षेत्रमा पछि परेका नेपालका विभिन्न दुर्गम जिल्लामा सामाजिक कार्य गर्दै आएका छन्।

डा दाहालले सन् २०१६ मा इन्डियानापोलिस मोनुमेन्टल म्याराथन दौडमार्फत तेह्रथुममा एम्बुलेन्स, सन् २०१७ मा सिकागो म्याराथन मार्फत नवलपरासीको यादव माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय, सन् २०१८ मा वासिंगटन डिसीमा भएको मारिन कर्पस म्याराथन दौड मार्फत तेह्रथुमको शंकर तथा जनज्योति माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब र सन् २०१९ मा न्यूयोर्क म्याराथन मार्फत जाजरकोटका शिवशंकर विद्यालय, दीपेन्द्र विद्यालय, भगवती विद्यालय र शंकर भवन माध्यमिक विधालयमा कम्प्युटर ल्याब स्थापना गरेका थिए।

Maruti Cement