काठमाडौँको स्युचाटारमा खुला व्यायामशाला

Prabhu Bank

काठमाडौँ। काठमाडौँको नागार्जुन नगरपालिका– ९ स्युचाटारमा खुला व्यायामशाला सञ्चालनमा आएको छ।

Saftey Pads

नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको उक्त व्यायामशालाको काँग्रेस नेता प्रकाशमान सिंहले शनिबार उद्घाटन गरे। सो अवसरमा नेता सिंहले अहिलेको कोरोना महामारीको समयमा सामुदायिक उद्यान आवश्यक रहेको बताए।

उक्त ब्यायामशाला झण्डै ११ रोपनी क्षेत्रफलमा फैलिएको छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला उद्यान निर्माण गरिएको तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए।

नगरवासीलाई स्वस्थ राख्नका लागि खुला ब्यायामशालाको अवधारणा अघि बढाएको उनले बताए। उद्यान भित्र खुला ब्यायामशाला, बाल उद्यान, बहुउद्देशीय कभर्डहल, सेभेन ए साइड फुटबल मैदानलगायत पूर्वाधार निर्माण गरिएको छ।

ब्यायाम गर्नका लागि १६ वटा उपकरण जडान गरिएको छ। उक्त उद्यानमा सबै उमेर समूहका व्यक्तिले जुनसुकै समयमा पनि ब्यायाम गर्न सक्ने सुविधा छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा आज पन्जाबलाई कोलकातासँग बदला लिने सुनाैलो अवसर

अत्याधुनिक उपकरणसहितको उद्यान देशकै पहिलो भएको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतले बताए। उद्यान स्थापनाको अभियान नगरका १० वटै वडामा विस्तार गरिने उनको भनाइ थियो।

Maruti Cement