उदयपुरमा कार दुर्घटना हुँदा ५ को मृत्यु

Prabhu Bank

उदयपुर। उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

Saftey Pads

शनिबार राति कटारी नगरपालिका १४ स्थित सिद्धिचरण राजमार्गमा बा २० च ७१७१ नम्बरको कार दुर्घटना भएको हो। उक्त कार सडकबाट झण्डै एक किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

५ जनाको घट्नास्थलमै मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको स्कारपियो कार दुर्घटनामा परी ओखलढुंगाको मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको मृत्यु भएको छ।

अन्य दुई पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र कार चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन्।

अन्य सम्बन्धित समाचार:  तनहुँका ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

Maruti Cement