अमेरिकामा ७० वर्षपछि महिलालाई मृत्युदण्ड दिइँदै

Prabhu Bank

एजेन्सी। अमेरिकामा ७० वर्षपछि एक महिला बन्दीलाई मृत्युदण्ड दिने निर्णय गरिएको छ।

Saftey Pads

त्यहाँको न्याय विभागका अनुसार लिसा मोन्टगोमेरीलाई मृत्युदण्ड दिने निर्णय गरिएको हो। उनले सन् २००४ मा मिजौरीमा एक गर्भवती महिलाको घाँटी थिचेर हत्या गरेकी थिइन्।

हत्यापछि मोन्टगोमेरीले ती महिलाको पेट काटेर बच्चाको अपहरण गरेकी थिइन्। उनलाई अब डिसेम्बर ८ तारिखमा इन्डियानामा घातक सुई दिइ मृत्यु दण्ड दिइनेछ।

अमेरिकी सरकारले पछिल्लोपटक सन् १९५३ मा मिजौरीमा बोनी हेडी नाम गरेकी महिलालाई मृत्युदण्ड दिएको थियो। यसैगरी सन् १९९९ मा दुई युवा मन्त्रीको हत्या गरेको अभियोग लागेका ब्रान्डन बर्नार्डलाई पनि आगामी डिसेम्बरमा मृत्युदण्ड दिइने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  पाकिस्तानमा बम विष्फोटमा सातको मृत्यु

सन् २००४ को डिसेम्बरमा मोन्टगोमेरी कान्सासस्थित घरबाट कुकुरको छाउरा किन्ने उदेश्यले मिसुरीको बोबी जो स्टिनेटको घर गएकी थिइन। उनले ८ महिनाकी गर्भवती स्टिनेटलाई बेहोस हुनेगरी आक्रमण गरेकी थिइन।

भान्सामा गइ चक्कुले मोन्टगोमेरीले स्टिनेटको पेट काटिन्। त्यसपछि मोन्टगोमेरीले स्टिनेटको घाँटी थिचेर हत्या गरिन्। मोन्टगोमेरीले स्टिनेटको पेट काटेर बच्चा निकाली त्यहाँबाट फरार भइन्।

त्यसपछि मोन्टगोमेरीले आफूले बच्चा जन्माएको नाटक गरेकी थिइन्। सन् २००७ मा अदालतले उनलाई अपहरण र हत्या मामिलामा दोषी सावित गरेको थियो। अदालतले उनलाई मृत्युदण्डको फैसला सुनाएको थियो।

Maruti Cement