सिरी ए: युभेन्टसलाई भेरोनाको चुनाैती

Prabhu Bank

एजेन्सी। इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्टसले आज राति हेलास भेरोनासँग प्रतिस्पर्धा गर्दैछ। युभेन्टसले घरेलु मैदानमा भेरोनाको सामना गर्नेछ। दुई टिमबीचको खेल नेपाली समय अनुसार राति साढे १० बजे सुरु हुनेछ।

Saftey Pads

घरेलु मैदानमा युभेन्टस जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी घटाउन चाहन्छ। युभेन्टस यस सिजन ४ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ। भेरोना पनि युभेन्टसलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ। भेरोना ४ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ।

तर, भेरोनाविरुद्ध स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेल्ने छैनन्। कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा बसेका छन्। सिरी ए अन्तर्गत नै अर्को खेलमा नापोलीले बेनेभेन्टोसँग खेल्नेछ।

काग्लियारीले क्रोटोनसँग खेल्दा फियोरेन्टिनाले युडिनिजसँग खेल्नेछ।

अन्य सम्बन्धित समाचार:  पहिलो टी-ट्वेण्टी: भारतले दियो अष्ट्रेलियालाई १६२ रनको लक्ष्य
Maruti Cement