धनगढीबाट अछाम उड्न थाल्यो जहाज

Prabhu Bank

भावना पाैडेल, डडेलधुरा। धनगढीबाट अछामको साँफेबगर पनि जहाज उड्न थालेको छ। बैतडी, डोटी, बझाङ र बाजुरा नियमित उडान गरिरहेको समिट एयरले शुक्रबारदेखि धनगढीदेखि अछामको साँफेबगर विमानमा पनि नियमित उडान भर्न थालेको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।

Saftey Pads

उनका अनुसार शुक्रबार पहिलो दिन नै धनगढी–साँफेबगर २ वटा उडान भएको हो। धनगढी–साँफेबगरको भाडा ३ हजार ५ सय ५० रुपैँया तोकिएको उनले बताए। समिट एयरले यसअघि नेपालगञ्जदेखि साँफेबगर विमानस्थलमा उडान भर्दै आएकोमा अब धनगढीबाट पनि नियमित उडान गर्ने भएको हो।

उडान तालिका भने तत्काल तय हुन नसकेको बताइएको छ। दसैँका कारण १० गते सम्म उडान रोकिएको बताउँदै धनगढी विमानस्थलका प्रमुख बुढथापाले ११ गतेदेखि पुनः पहाडी जिल्लामा नियमित उडान हुने जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीमा एकजनाको मृत्यु
Maruti Cement