आईपीएल: राजस्थानलाई मुम्बईसँग बदला लिने अवसर

Prabhu Bank

एजेन्सी। यूएईमा जारी आईपीएलको आजको दोस्रो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन्। अबुधाबीमा मुम्बई आफ्नो ११ औं र राजस्थान १२ औं खेलका लागि मैदान उत्रनेछन्। मुम्बई र राजस्थानबीचको खेल नेपाली समय अनुसार केही बेरपछि पाैने ८ बजे सुरु हुनेछ।

Saftey Pads
शेख जायद क्रिकेट मैदानमा मुम्बई आठौं जितको खोजीमा हुनेछ। अघिल्ला १० खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ। रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई राजस्थानलाई हराएर शीर्ष यथावत राख्न चाहन्छ। अघिल्ला खेलमा टिम बाहिर रहेका रोहित राजस्थानविरुद्ध मैदान फर्कने बताइएको छ।

यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान पनि जित निकाल्ने योजनामा हुनेछ। किनकी प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब राजस्थानलाई रहेको छ। राजस्थान ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ। राजस्थानका लागि यस खेल गर या मरको स्थितिमा हुनेछ।

अन्य सम्बन्धित समाचार:  भारतको पहिलो विकेट खस्यो: शिखर धवन बाहिरिए

राजस्थान मुम्बईसँग अघिल्लो खेलमा ब्यहोरेको हारको बदला समेत लिन चाहन्छ। सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो।

राजस्थानले मुम्बईविरुद्ध कप्तान स्मिथसहित बेन स्टोक्स, डेभिड मिलर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्नेछ। मुम्बईसँग कप्तान रोहितसँगै क्विन्टन डी कक, कायरन पोलार्ड, हार्दिक पाण्ड्या, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडीको साथ रहनेछ।

Maruti Cement