आईपीएलमा राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो

Prabhu Bank

एजेन्सी। आईपीएल क्रिकेटमा बेन स्टोक्सको शतक र सन्जु सामसनको अर्धशतक मद्दतमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई आठ विकेटले हराएको छ।

Saftey Pads

मुम्बई इन्डियन्सले दिएको १९६ रनको विजय लक्ष्य राजस्थानले १० बल बाँकी छँदै पूरा गर्यो। बेन स्टोक्सले नटआउट १०७ र सामसनले नटआउट ५४ रन बनाए। यी दुवैले तेस्रो विकेटका लागि १३ दशमलव ४ ओभरमा १५२ रनको साझेदारी गरे।

स्टोक्स म्यान अफ द म्याच भए। बलिङतर्फ मुम्बईका लागि जेम्स प्याटिन्सले दुई विकेट लिए। दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा राजस्थानको यो पाँचौ जित हो।

यो जितसँगै राजस्थान छैटौं स्थानमा उक्लिएको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाएको थियो।

अन्य सम्बन्धित समाचार:  सधैं होइन, एक सय दिन मास्क लगाऔंः जो बाइडन

मुम्बईका लागि हार्दिक पाण्ड्याले केबल २१ बलमा अविजित ६० रन बनाएका थिए। उनले ७ छक्का र २ चौका प्रहार गरे। यसैगरी सूर्यकुमार यादवले ४०, इशान किसनले ३७ र सौरभ तिवारीले ३४ रन बनाए।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले दुई दुई विकेट लिए। अंकित राजपुतले चार ओभरमा ६० रन दिए। यस्तै कार्तिक त्यागीले ४५ रन खर्च गरे।

Maruti Cement