स्पेनमा राष्ट्रिय आपतकाल

Prabhu Bank

एजेन्सी। स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ।

Saftey Pads

महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गरेका हुन् ।

यो नियम आइतबारदेखि लागु भएको हो। घोषित आपतकाल अनुसार स्थानीय अधिकारीहरुले आन्तरिक भ्रमणमा प्रतिबन्ध लगाउन पाउने छन्। नयाँ नियम सुरुमा १५ दिनका लागि लागु गरिएको भए पनि ६ महिनासम्म लागु गराउनका लागि संसदसँग आग्रह गर्ने प्रधानमन्त्रीले बताएका छन्।

महामारीको पहिलो चरणमा स्पेन नराम्रोसँग प्रभावित भएको थियो। अहिले फेरि स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु भएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा दाङका दुई संक्रमितको मृत्यु

इटाली, फ्रान्स, बेलायत, जर्मनीसहितका देशमा अहिले संक्रमण बढ्दो क्रममा छ।

Maruti Cement