इलाम: पोखरीमा डुबेर वृद्धको मृत्यु

Prabhu Bank

टिका खतिवडा, इलाम। इलामको देउमाई नगरपालिकामा एक वृद्धको पोखरीमा डुबेर मृत्यु भएको छ। देउमाई नगरपालिका ३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्रीको पोखरीमा डुबेर मृत्यु भएको हो।
गए राति टर्च लाईट बोकेर घरबाट निस्केका वृद्ध खत्रीलाई आज बिहान पोखरीमा डुबिरहेको अवथामा फेला पारिएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै छिमेकी तथा देउमाई नगरपालिका वडा नम्वर तिनका वडाध्यक्ष दावा तामाङले जानकारी दिए।

Saftey Pads

घर नजिकै रहेको सिंचाइका लागि बनाइएको करिब तीन फिट गहिरो पोखरीमा खत्रीलाई तैरिरहेको देखेपछि स्थानीयले परिवार तथा छिमेकीलाई खबर गरेका थिए। घटनापछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटेको प्रहरी टोलीले मुचुल्का तयार पारी शवलाई पोस्टमार्टमका लागि इलाम अस्पताल पठाइसकेको छ।

अन्य सम्बन्धित समाचार:  रहेनन् पाकिस्तानका पूर्व प्रधानमन्त्री जमाली

वडाध्यक्ष तामाङका अनुसार खत्रीले बोकेको टर्च पोखरी बाहिर फेला पारिएको थियो।

Maruti Cement