राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका

Prabhu Bank

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना गुरु र आमाबाट दसैँकाे टीका लगाएकी छिन्। उनले गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको साइतमा टीका र जमरा ग्रहण गरेकी हुन्।

Saftey Pads

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा दसैँको टीका र जमराका ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए।

राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङको भ्रमणमा
Maruti Cement