अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री भारत आउँदै

Prabhu Bank

एजेन्सी। अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री भोलि भारत आउने भएका छन्। भारत र अमेरिकाबीच भोलि दिल्लीमा मन्त्रीस्तरीय बैठक हुने भएको छ। बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर भारत आउँदै छन्।

Saftey Pads

दुई देशका बीचमा रक्षा, सुरक्षा र विश्वको रणनीतिका विषयमा छलफल हुने भारतीय सञ्चारमाध्मले जनाएका छन्। कोरोना महामारी तथा चीन र अमेरिका तथा भारत र चीनका बीचमा विवाद भैरहेका बेला वार्ता हुन लागेको हो।

भारतका तर्फबाट रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरले बैठकमा प्रतिनिधित्व गर्नेछन्। भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हुन लागेको हो।

अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वतन्त्र र खुला इण्डो(प्यासिफिक क्षेत्रका देशहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्धिमा साझा धारणा बनाउनु भ्रमणको मुख्य उद्देश्य हुने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  एटिपी टेनिसको उपाधि मेदभेदेभलाई

यसअघि सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा दुई देशबीच मन्त्रीस्तरीय बैठक भएको थियो।

Maruti Cement