प्रदेश सरकारले कोरोनाको नि:शुल्क उपचार गर्छ: मुख्यमन्त्री गुरुङ

Prabhu Bank

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघीय सरकारले कोरोनाको नि:शुल्क उपचार र व्यवस्थापन नगरे प्रदेश सरकारले गर्ने विश्वास व्यक्त गरेका छन्। दसैँकाे शुभकामना र कोरोनाको उपचार र व्यवस्थापनको बारेमा उनले नेपाली जनताको जिवन रक्षाको विषयमा कसैले राजनीति गर्न नहुने बताए।

Saftey Pads

“कोरोनाको महामारीमा जनताको जिवन रक्षा गर्नु ठूलो कुरा हो, यसमा संघीय सरकारले गरेको निर्णय फिर्ता नभए पनि प्रदेश सरकारले जे जसरी कोरोनाको उपचार र व्यवस्थापनमा लगानी गर्दै आएको छ, त्यसलाई हामी निरन्तरता दिन्छौँ, प्रदेशका जनता यसमा ढुक्क भए हुन्छ।”

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा दुई वटा मात्र भेन्टिलेटर हुनु निकै दुःख लाग्दो कुरा भएको बताउँदै मुख्यमन्त्री गुरुङले स्वास्थ्य क्षेत्रमा पर्याप्त मात्रामा लगानी नभएको दावी गरे।

अन्य सम्बन्धित समाचार:  मेक्सिकोमा एकै दिन ६ हजार ७१९ जना कोरोना सङ्क्रमित
Maruti Cement