आईपीएलबाट बाहिरियो चेन्नई

Prabhu Bank

एजेन्सी। साविक उपविजेता टिम चेन्नई सुपर किंग्स यूएईमा जारी १३ औं संस्करणको आईपीएलबाट बाहिरिएको छ। अबुधाबीमा आइतबार राजस्थान रोयलले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेपछि चेन्नई आईपीएलबाट बाहिरिएको हो। राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो।

Saftey Pads

मुम्बईलाई राजस्थानले हराएसँगै चेन्नईको प्ले अफ आशा समाप्त भएको हो। चेन्नईले लिगको बाँकी खेल जितेपनि प्ले अफ पुग्ने छैन। चेन्नईले अब दुई खेल खेल्न बाँकी रहेको छ। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई पुछारमा रहेको छ। उसले १२ खेलमा मात्र ८ अंक जोडेको छ।

तीन पटकको च्याम्पियन चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल भएको हो। यस अघि चेन्नई लगातार प्ले अफ पुग्दै आइरहेको थियो।

अन्य सम्बन्धित समाचार:  एटिपी टेनिसको उपाधि मेदभेदेभलाई
Maruti Cement