चीन: एक लक्षणरहित संक्रमित भेटिए, ४७ लाखको परीक्षण गरिँदै

Prabhu Bank

एजेन्सी। चीनको सिनजियाङ प्रान्तमा स्थानीय स्तरमा कोरोना संक्रमित फेला परेपछि चीनमा पुनः व्यापक परीक्षण सुरु गरिएको छ। कसगरका करिब ४७ लाख जनसंख्याको परीक्षण भइरहेको छ। हालसम्म १३८ जना लक्षणरहित संक्रमित फेला परिसकेका छन्।  चीनले कोरोना भाइरसको संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गर्न सफल भए पनि बेलाबेला केही स्थानमा संक्रमणको मामिला देखिने गरेका छन्।

Saftey Pads

कसगरमा विद्यालयहरु बन्द गरिएका छन् भने त्यहाँका बासिन्दालाई रिपोर्ट नेगेटिभ नभएसम्म सहर छाड्न प्रतिबन्ध गरिएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार नियमित परीक्षण्मा सुफु काउन्टीमा रहेको एक गार्मेन्ट फ्याक्ट्रीमा कार्यरत एक महिलामा लक्षणरहित संक्रमण पुष्टि भएको थियो। त्यो चीनमा स्थानीय स्तर १० दिनपछि संक्रमण फेला परेको पहिलो घटना थियो।

अन्य सम्बन्धित समाचार:  एटिपी टेनिसको उपाधि मेदभेदेभलाई

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाए अनुसार त्यसलगत्तै सरकारले त्यहाँ व्यापक परीक्षण सुरु गरेको थियो परीक्षणबाट हालसम्म थप १३७ जना संक्रमित भेटिएका छन्।

चीनमा लक्षणरहित संक्रमितलाई आधिकारिक तथ्यांकमा दर्ता गरिँदैन। चीनमा हालसम्म ८५ हजार ८१० जना संक्रमित फेला परेका छन् भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन्। आइतबार साँझसम्म कसगरमा २८ लाख जनाको परीक्षण भइसकेको छ। बाँकीको दुई दिनभित्र परीक्षण सकिने अधिकारीहरुले जानकारी दिएका छन्।

Maruti Cement