प्युठान: भतिजाले बाँदर धपाउन हानेको गोली लागेर काकाको ज्यान गयो

Prabhu Bank

प्युठान। प्युठानको डामृमा बाँदर धपाउन हानेको गोली लागेर एक वृद्धको ज्यान गएको छ। आज बिहान ३३ वर्षका हेमलाल सुनारले बाँदर धपाउन हानेको गोली लागेर ७१ वर्षका बलबहादुर सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

Saftey Pads

प्रहरीका अनुसार आफूले हानेर गोली लागेर काकाको ज्यान गएपछि हेमलाल आफै प्रहरीकोमा गएका हुन्। प्रहरीले अनुसन्धान थालेको जनाएको छ। गोली लागेर ज्यान गुमाएका बलबहादुर पनि बाँदर धपाउन कुकुर लिएर घर नजिकै बारीमा गएका थिए।

 

अन्य सम्बन्धित समाचार:  बूढानीलकण्ठ मन्दिरमा एकादशीको दिन मेला नलाग्ने
Maruti Cement