आईपीएलमा आज पन्जाबलाई कोलकातासँग बदला लिने सुनाैलो अवसर

Prabhu Bank

एजेन्सी। यूएईमा जारी १३ औं संस्करणको आईपीएलमा आज कोलकाता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ। शारजाहमा कोलकाता र पन्जाब १२ औं खेलमा लागि मैदान उत्रन लागेका हुन्। कोलकाता र पन्जाबबीचको खेल नेपाली समय अनुसार केही बेरपछि पाैने ८ बजे सुरु हुनेछ।

Saftey Pads

शारजाह क्रिकेट मैदानमा कोलकाता सातौं जितको खोजीमा हुनेछ। कोलकाता ११ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानाम रहेको छ। अइन मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाता पन्जाबलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ। तर, पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेको पन्जाबविरुद्ध जित निकाल्न कोलकातालाई सहज हुने छैन।

केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब छैटौं जित निकाल्न चाहन्छ। कोलकातालाई हराएर पन्जाब पनि प्ले अफ होड कायम राख्न चाहन्छ। पन्जाब ११ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ। यस्तै पन्जाब कोलकाताविरुद्ध जित निकाल्दै अघिल्लो खेलमा ब्यहोरेको हारको बदला पनि लिन चाहन्छ। सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो।

अन्य सम्बन्धित समाचार:  एटिपी टेनिसको उपाधि मेदभेदेभलाई

कोलकाताले पन्जाबविरुद्ध मोर्गनसँगै दिनेश कार्तिक, नितिश राना, वरुण चक्रवर्ती, शुभमन गिल, आन्द्रे रसल, प्याट कमिन्स, सुनिल नाराइन जस्ता खेलाडी मैदान उतार्नेछ।

पन्जाबसँग राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, रबि बिश्नोई, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, शेल्डन कोट्रेल जस्ता खेलाडीको साथ रहनेछ।

Maruti Cement